दाङ–३ मा रास्वपाका सुवेदी विजयी

दाङ, फागुन २३ । दाङ निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल सुवेदी विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई २७ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै सुवेदी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचित सुवेदीले ४४ हजार २ सय ४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गिरीले १६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेले १२ हजार १ सय ९५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर मास्कीले ९ हजार ३ सय २८ मत पाएका छन्।

निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं. ३ मा कुल ८८ हजार २ सय ७३ मत खसेको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस