घोराही — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, घोराही शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
“विपत्तिमा साथ, जीवनका लागि रक्तदान” भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका राप्ती क्षेत्र दाङ एरिया प्रमुख नारायण रेग्मीले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएको बताउँदै रक्तदानमा सहभागी सबैलाई धन्यवाद दिनुभयो।
रक्त अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आयोजित कार्यक्रमले सामाजिक सेवामा संस्थाको योगदानलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।


प्रकाशित मिति :
२०८३ भाद्र १२ गते शनिवार
