राेल्पा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रोल्पामा नेकपा नेता वर्षमान पुन विजयी भएका छन्।
पुन राेल्पाबाट तेस्राे पटक दाेब्बर मतान्तरका साथ विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्।
प्रकाशित मिति :
२०८२ फाल्गुन २२ गते शनिवार
