राेल्पा, फागुन — रोल्पामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपाका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ फराकिलो अग्रतामा रहेका छन्।
हालसम्म ४६ हजार १३३ मत गणना हुँदा ४३ हजार ९१५ मत सदर र २ हजार २१८ मत बदर भएको छ।
सदर मतमध्ये पुनले १८ हजार २१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीले ८ हजार ७९१ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले ६ हजार ९९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ५ हजार ५७५ मत पाएका छन्।
यस्तै नेकपा माओवादीका चुडामणि वलीले २ हजार ९४०, राष्ट्रिय जनमोर्चाका मेघनाथ विष्टले ७३५, राप्रपाका अम्मरबहादुर थापाले २५४, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्तीले २६०, मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्तीमगरले ९९ र आम जनता पार्टीका दिलबहादुर कामीले ४२ मत प्राप्त गरेका छन्।
