खरदरिया, दाङ । अमलाको फल विक्रिबाट दाङका सामुदायिक वनहरूले राम्रो आम्दानी गर्दै आएका छन्। सामुदायिक वनमा प्राकृतिक रूपमा उम्रिएका तथा वृक्षारोपण गरिएका अमलाका बोटबाट फल उत्पादन बढेपछि वन समूहहरू वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन्।
दाङको राजपुर गाउँपालिका–३ खरदरियास्थित जनकल्याण सामुदायिक वन समूहले यस वर्ष अमलाको फल एक लाख रुपैयाँमा ठेक्कामा विक्रि गरेको छ। करिब २ हजार ५ सय अमलाका बिरुवा रहेको यस वन समूहले गत वर्ष ५० हजार रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष दोब्बर आम्दानी गरेको अध्यक्ष लिला यादवले जानकारी दिनुभयो।
सामुदायिक वनबाट ठेक्कामा खरिद गरिएको अमलाको फल आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगलाई प्रतिकिलो ५० रुपैयाँका दरले विक्रि हुने गरेको व्यापारीहरूले बताएका छन्।को भनाई छ ।
प्रकाशित मिति :
२०८२ पुष २६ गते आइतवार
